ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पायो श्री एयरलाइन्सले

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार ११:०८:०३ मा प्रकाशित

सुर्खेत । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहमतिपछि श्री एयरलाइन्सले उडानका लागि अनुमति पाएको हो ।

अहिले सम्म  बुद्ध एअरलान्सले दिनमा दुई पटकसम्म सुर्खेत–काठमाण्डौं उडान गर्दै आएको छ । केही समय पहिले गुण एयरलाइन्सले पनि सुर्खेत– काठमाडौं उडान गरेकाे थियाेे । तर अहिले उक्त एयरलाइन्सले उडान गरेकाे छैन ।

केही अन्य प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकोले जेठभित्रै सुर्खेत–काठमाण्डौं उडान भर्नेगरी तयारी थालिएको श्री एयरलाइन्सले जनाएको छ । केही वर्ष अघिबाट व्यावसायिक उडान सुरु गरेको श्री एअरले सीआरजे २०० र सीआरजे ७०० जेट इञ्जिनका साथै क्यू ४०० सिरिजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top