होमपेज / समाज
काठमाडौं । आइतबार देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा परीक्षण गराइएका १९६४ नमूनामध्ये ३२ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमा पीसीआरबाट ३०४ नमूना परीक्षण गर्दा ८ जना र एन्टिजेन विधिबाट १६६० नमूना परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ सय ६५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या १३३ रहेको मन्त्रालयले जनाएको छ।