होमपेज / समाज
काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाका नवनियुक्त सचिवहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभा सचिव सुरेन्द्र अर्याल र प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेले शपथ ग्रहण गरेका हुन् ।
अर्याललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र पाण्डेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारमा आयोजित एक समारोहकाबीच शपथ गराएका हुन् ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा सचिव र सभामुख घिमिरेले प्रतिनिधिसभा सचिवमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । यसअघि राष्ट्रियसभा सचिव राजेन्द्र फुयाल र प्रतिनिधिसभा सचिव गोपालनाथ योगीको पाँच वर्षे कार्यकाल सकिएको थियो ।