होमपेज / समाज
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेकाे छ । बिहान ११ बजे नै बस्ने तय भएको उक्त समितिको बैठक केही ढिलो गरी सिंहदरबारमा सुरु भएको हो ।
संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । त्यस अगाडि साेही समितिको बैठक बसेको हो ।
प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ । यस अधिवेशनमा मुख्य रूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।