ट्रेण्डिङ

होमपेज / समाज

कानुनविद्लाई राष्ट्रपतिले शीतलनिवास बोलाए

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार ११:१४:२३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकबारे कानुनविदसँग छलफल गर्ने भएका छन् । यसअघि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले केहि बुँदा संशोधन गर्नुपर्ने भन्दै प्रमाणीकरण नगरेर संसदमै फिर्ता पठाएका थिए ।

सोहि विधेयकको कानुनी हैसियत के भन्नेबारे चाुसो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् । त्यसका लागि उनले कानुनविदहरुलाई आजइतबार दिउँसो शीतल निवास बोलाएका छन् । दिउँसो १ बजेदेखि छलफल सुरु हुने शीतल निवास स्रोतले जानकारी दियो ।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top