होमपेज / समाज
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पैसा महोत्सव’ हुँदै छ । यही वैशाख २६ गते सुर्खेतमा रहेकाे मोडेल कलेजमा महोत्सव हुन लागेकाे कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनले जनाएकाे छ ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र सुर्खेत मोडल कलेजको सहकार्यमा महोत्सव सञ्चालन हुने कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनका निर्देशक आशुतोष तिवारीले बताए ।
उनका अनुसार कर्णालीमा लगानी भित्र्याउने वातावरणको खोजी गर्ने उद्देश्यले एक दिवसीय महोत्सव हुने लागेको हो । महोत्सवमा कर्णालीको आर्थिक र मानवीय पुँजी विकासमा पैसा, वित्त, बैंकिङ, लगानी र बीमाको सकारात्मक भूमिकाका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग अन्तर्क्रिया गरिनेछ ।