ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियाे

नेपालगाथा २०८० बैशाख २२ गते शुक्रबार २२:२९:५४ मा प्रकाशित

काठमाडाैं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै उनले यस्तो बताएका हुन् । 

सभापति लामिछानेले अब डेलिभरीमा केन्द्रित भएर काम गर्ने बताए। उनले भने, 'पार्टी नयाँ छ हाम्रो नयाँ कुरा सुन्न अझै बाँकी छ ।’ 

‘गठबन्धन बनाउँदै अस्थिरता बनाउँदै हिड्दनौं । तर सरकारले बाटो बिराएर गयो भने जिम्मेवार दलको रुपमा कदम चाल्छौं’ उनले भने, ‘सरकार ढाल्न लाग्दैनौं भन्दैमा रचनात्मक ढंगले लाग्दैनौं भन्ने होइन । जनताका मुद्दा उठानमा लाग्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top