होमपेज / समाज
काठमाडौं । कोरोनाबाट नेपालमा थप ४३ संक्रमित थपिएसँगै एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा ५० जना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार हाल नेपालमा २०२ जना संक्रिय संक्रमित रहेका छन्।