ट्रेण्डिङ

होमपेज / समाज

बाह्य विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

नेपालगाथा २०८० बैशाख २१ गते बिहीबार १३:५७:२१ मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले विहीबार एक सूचना सार्वजिनक गर्दै विज्ञापन दातालाई उक्त निर्देशन दिएको हाे ।

महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो ।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top