होमपेज / समाज
काठमाडौं । आज थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २५४२ नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३३६ नमुना परीक्षण गर्दा २७ र एन्टिजेनबाट २१९६ नमुना परीक्षण गर्दा ६४ को रिपोर्ट पोजिटिभ आएको हो।
हाल सक्रिय कोरोना संक्रमितको संख्या २२० पुगेको छ। यो अवधिमा ५९ जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।