ट्रेण्डिङ

होमपेज / समाज

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरपारी सुर्खेतमा अन्तरक्रिया

नेपालगाथा २०८० बैशाख २० गते बुधबार १५:२१:२० मा प्रकाशित

सुर्खेत । विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरपारी सुर्खेतमा अन्तरक्रिया कार्यक्रमगरी मनाइएकाे छ।  मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार विभाग र अमेरीकन कर्नल सुर्खेतको आयोजनामा प्रेस स्वतन्त्रता दिवसको अवसरमा अमेरीका र नेपालको प्रेस स्वतन्त्रताको अवस्था बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

उक्त कार्यक्रममा अमेरीकन ट्रेल रनिङ्ग एशोसियनका खेलकुद पत्रकार टेट पोल म्यानले अमेरीकाको प्रेस स्वतन्त्रताको बारेमा बताएका थिए । यसैगरी, सामाजिक कार्य, पत्रकारिता र आामसञ्चार विभागका विभागिय प्रमुख खगेन्द्र  अधिकारी, यसैगरी पत्रकारिता र आमसञ्चारका उपप्राध्यापक युवराज शर्माले नेपालको प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

अमेरीकी कर्नरको कार्यालयमा भएको कार्यक्रममा सामाजिक कार्य , पत्रकारिता र आमसञ्चार विभागका विद्यार्थी र एसओएस हर्नर माइनर स्कुलका विद्यार्थीको सहभागितामा रहेको थियो ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top