होमपेज / समाज
काठमाडौँ । एसीसी प्रिमियर कप जितेकाे नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले जनही ६ लाख रुपैयाँ पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली टिमका खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख तथा राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख दिने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।