होमपेज / समाज
काठमाडौं । भारतबाट ग्यासको मूल्य प्रति सिलिन्डर ३०९ रुपैयाँले घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले हरेक महिना नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँछ ।
यसपटक आएको सूचीमा एलपी ग्यासमा प्रति सिलिन्डर ३०९ रुपैयाँले मूल्य घटेर आएको निगमले जनाएको छ । यसैगरी, हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसा मूल्य घटेर आएको छ। साथै, पेट्रोलमा पनि ४.३७ रुपैयाँ र डिजलमा ४.१६ रुपैयाँले मूल्य घटेर आएको छ।