ट्रेण्डिङ

होमपेज / समाज

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

नेपालगाथा २०८० बैशाख १८ गते सोमबार १८:१२:१९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच सहमति भएको हो । 

सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने उल्लेख छ ।

कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार सहमति पत्रमा उल्लेख छ ।

विभिन्न माग राखेर आन्दोलन गरिरहेका महावीर पुनको नेतृत्वमा भैरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top