होमपेज / समाज
सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत पर्ने चीनसँगको व्यापारिक हिल्सा नाका झण्डै चारवर्ष पछि सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । दुवै देशका प्रतिनिधिहरुबीच आज बसेकाे बैठकले हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेकाे हो ।
कोरोना कहरका कारण २०७६ सालदेखि सो नाका बन्द हुँदै आएको थियो। नाका सञ्चालनमा आएसँगै हुम्लाका व्यापारी, कामदार तथा होटेल व्यवसायी उत्साहित भएका छन्।
उक्त नाकाबन्द हुँदा यहाँका स्थानीयको रोजिरोटी खोसिएको थियोे ।