होमपेज / समाज
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यद्धता जनाएका छन् । सोमबार माइतीघर पुगेर डा. भट्टराईले महावीर पुनको धर्नाप्रति ऐक्यवद्धता जनाएका हुन् । उनले पुनका माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारनिमित्त सरकार गम्भीर नभएको भन्दै विभिन्न चार बुँदे मागसहित शुक्रबारबाट माइतीघर मण्डलामा धर्ना बसेका छन् ।