ट्रेण्डिङ

होमपेज / समाज

नेपालका उत्तरी चीनका नाकाहरू खुल्ला हुने

नेपालगाथा २०८० बैशाख १८ गते सोमबार १०:४५:५४ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आज साेमबारदेखि खुला हुने भएका छन् । भूकम्पका कारण बन्द भएका मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाकासहित अन्य चिनिया नाकाहरू पनि सोमबारदेखि खुला हुने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरूप १८ वैशाखदेखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो  ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजबाट खुल्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top