होमपेज / समाज
काठमाडौं । आज देशभर ६० जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाको सक्रिय संक्रमित संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।