होमपेज / समाज
काठमाडौं । शुक्रबारदेखि महावीर पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । आइतबार डा. केसी माइतीघरमा पुगेर ऐक्यवद्धता जनाएका हुन् ।
आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका विभिन्न माग राख्दै महावीर पुनले गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतले साेही आन्दाेलनकाे समर्थन गरिसकेका छन् ।