होमपेज / समाज
काठमाडाैं । सरकारसमक्ष विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुन माइतीघर मण्डलामा धर्नामा छन् ।
उनले आज रातभर आफ्ना सहयोगी र समर्थकसहित माइतीघरको सडकमै सुतेर विरोध जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरु माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठेको भन्दै जनताहरु सुतिरहे नेपाल त नरहला पृथ्वी त रहला नि भन्ने व्यंग्य गरेका छन् ।
‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ’, उनले लेखेका छन्, ‘जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनुहोस्, के त होला र ? केही चिन्ता छैन हद भए यही नेपाल त जाला पृथ्वी त रही रहन्छ नि ।’