होमपेज / समाज
काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठक आज बसिरहेको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
'प्रधानमन्त्रीको उपस्थिति बिनै अधिवेशनअन्त्य हुँदा दु:ख लागेकाे छ' - ठाकुर गैरे
नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिबिनै संसदको हिउँदे अधिवेशन अन्त्य हुन लाग्दा दु:ख लागेकाे बताएका छन् । प्रतिनिधि सभा बैठकमा आज बाेल्दै गैरेले प्रधानमन्त्री सदनमा नआउँदा जनताका कैयन प्रश्नहरूको उत्तर नपाएकोप्रति दुःख व्यक्त गरे ।
सदनमा उठेका प्रश्नहरूको जवाफ संसदले पाउने हो कि नपाउने भन्ने भइरहेकाे बताउँदै सांसद गैरेले संसदमा प्रधानमन्त्री उपस्थिति नहुनु जनताप्रतिको मानमर्दन भएको बताए।