ट्रेण्डिङ

होमपेज / समाज

चार बुँदे माग सहित महावीर पुन माइतीघरमा धर्ना बस्दै

नेपालगाथा २०८० बैशाख १४ गते बिहीबार ११:५५:३० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका छन्। भोलि बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म  जुलुस निकाल्ने र त्यसपछि धर्ना सुरू गर्ने उनले बताएका छन्। धर्नामा साथ दिन आमसर्वसाधारणसँग आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा एउटा भीडीयो पोस्ट गर्दै पुनले माग पूरा नभएसम्म  माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट सरकारलाई घुँडा टेकाउनेगरी आन्दोलन गर्न आह्वान गरेका छन्। 'बैशाख १५ गते शुक्रबारदेखि माग पूरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्र बाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु ',उनले भने।

अनुसन्धान, नबप्रबर्तन र आविष्कार लाई उच्च प्राथमिकता दिईयोस र निम्न अनुसारको आबश्यक कदम चालियोस भनि नेपालको संघीय सरकार र प्रदेश सरकारलाई राखिएका मागहरु-

१. अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस र अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोषू मा राखियोस् । सो कोष बाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गरियोस । सो कोषमा जम्मा भएको रकम सोहि बर्ष खर्च नभएमा आगामी बर्षहरुमा पनि खर्च गर्न पाउने ब्यबस्था गरियोस । 
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्बजनिक खरिद ऐन भन्दा छुट्टै 'अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन' बनाइयोस र आबश्यकता अनुसार अनुसन्धानको कामलाई बहुबर्षीय कार्यक्रममा राख्न मिल्ने गरि नीति नियम बनाईयोस ।
३. अनुसन्धान, नबप्रबर्तन र आविष्कार गरेर बनेका र सफलतापुर्बक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरि नब-उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस र स्वदेशी उत्पादनलाइ बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस । सो कामलाई सहज बनाउन र आबश्यक अनुसारको नीति नियम बनाउनको लागी 'नब उद्यमी प्रबर्धन समिति' बनाइयोस र सो समितिले सरकारलाई आबश्यक कदम चाल्न अनुरोध गर्ने ब्यबस्था गरियोस ।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र बिश्वबिद्यालयहरुमा व्याबहारिक अनुसंधानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रबर्धन गर्नको लागी बिज्ञान मन्त्रालय अन्तर्गत 'व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग' खोलियोस । सो विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरु बाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस बाताबरण तयार गर्ने पूर्ण अधिकार सहित जिम्मा दिइयोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top