होमपेज / समाज
काठमाडौँ । आज थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ। भने सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ ।