ट्रेण्डिङ

होमपेज / समाज

सभामुख घिमिरे र क्युवाका राजदूत बीच भेटवार्ता

नेपालगाथा २०८० बैशाख १३ गते बुधबार ११:५७:५८ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले महाभूकम्पमा क्युवाको चिकित्सक टोलीले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे । उनले अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top