होमपेज / समाज
काठमाडौँ । मनमोहन अधिकारीको २४ औं स्मृति दिवस आज मनाइँदैछ । मनमोहन स्मृति प्रतिष्ठानकाे विशेष कार्यक्रम आयोजनामा स्मृति दिवस मनाउन लागिएकाे हाे ।
अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।
२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीले वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरू गरेका थिए ।