होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा केही विद्यार्थी संगठन र प्राध्यापक संगठनले गरेको तालाबन्दी प्रति तीन प्राध्यापक संगठनले आपत्ति जनाएका छन् । मंगलबार नेपाल प्रगतिशिल प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ मध्यपश्चिम विश्व्विद्यालयले संयुक्त्त रुपमा विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।
'स्थापनाकालदेखि नै अनेकन बाधा र व्यवधानको सामना गर्दै हाल विश्वविद्यालयले एउटा गति समात्ने प्रयत्नमा रहेको बेला विश्वविद्यालयमा देखिएका पछिल्ला गतिविधिहरुले विश्वविद्यालयप्रति नै नकारात्मक भावना सम्प्रेषित गर्ने र विश्वविद्यालयलाई अनिर्णयको बन्दी रहनु वाञ्छानीय कुरा होइन ।' 'प्राज्ञिक थलोमा सबैले प्राज्ञिक मर्यादा कायम गरी वार्ता र संवादका माध्यमबाट उपयुक्त निकास निकाली शैक्षिक, प्रशासनिक कार्यलाई सूचारु गर्नका लागि सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गर्दछाै।' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
.jpg)