ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

नेपालगाथा २०८० बैशाख १२ गते मंगलबार १५:०९:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको राष्ट्रपति कार्यालयका प्रवक्ता समिर आचार्यले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि गत बैशाख ६ गते पौडेललाई उपचारका लागि दिल्ली लगिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top