होमपेज / समाज
औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो। औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निस्शुल्क छ।
लक्षणहरु-
- १० देखि १५ दिनसम्म ज्वरो आउनु।
- टाउको दुख्नु।
- शरीरका भित्रि अंग सुन्निनु।
- जोर्नी दुख्नु।
- शरीरमा रगतको मात्रा कम हुनु।
- थकित महसुस हुनु।
औलोबाट बच्ने उपायहरु-
औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ। त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरु अपनाऔं-
- झुल टाँगेर सुत्ने।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने।
- सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने।
- लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने।
- लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने।
- लामखुट्टे नियन्त्रण गर्ने उपाय।
- घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने।
- पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने।
- गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने।