होमपेज / समाज
काठमाडौं । आज वैशाख १२ । विसं २०७२ सालको भूकम्प गएकाे आठ वर्ष पूरा भएकाे दिन। वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेट जाँदा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे ।
राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।
भूकम्पका कारण ३५ लाख भन्दा बढी मानिसहरू घरबारविहीन भएका थिए ।