ट्रेण्डिङ

होमपेज / समाज

'लोगो' निर्माणका लागि अदानचुली गाउँपालिकाले निकाल्याे सूचना

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार १७:३४:५४ मा प्रकाशित

सुर्खेत ।  हुम्लाको अदानचुली गाउँपालिकाले आफ्नै पालिका 'लोगो' तयार गर्ने भन्दै सूचना सार्वजनिक गरेको छ । पालिकाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने गरी लोगो निर्माण गर्ने भन्दै सोमबार एक सूचना प्रकाशन गरेको हो ।

खुला प्रतिस्पर्धात्मक विधिबाट पालिकाकाे लोगो निर्माणका लागि इच्छुक व्यक्तिलाई विभिन्न शर्तको अधिनमा रही १५ दिनभित्र गाउँपालिकाले तयार पारेकाे गुगल फर्ममा अपलाेड गर्न आह्यन गरेको छ । छनोट भएको उत्कृष्ट लोगो डिजाइनकर्तालाई उचित नगद सहित प्रमाणपत्रले सम्मान गरिने समेत उल्लेख गरिएको छ । 

हुम्लाका सात गाउँपालिकामध्ये आफ्नै पालिका लोगो बनाउनेमा अदानचुली गाउँपालिका दाेस्राे रहेकाे छ। यसअघि सर्केगाड गाउँपालिकाले आफ्नै 'लाेगाे र गान' निर्माणका लागि सूचना सार्वजनिक गरिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top