ट्रेण्डिङ

होमपेज / समाज

हाजिरिजवाफ प्रतियोगिता गरी अदानचुलीमा लोकतन्त्र दिवस मनाइदै

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार १५:०७:०१ मा प्रकाशित

सुर्खेत । १७औँ लोकतन्त्र दिवसको अवसरपारी हुम्लाकाे अदानचुली गाउँपालिकामाआधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

गाउँपालिकामा सञ्चालित माउण्ट एभरेष्ट इंलिस बोर्डिङ स्कुलले आफ्नाे दोस्रो  वार्षिक उत्सव तथा अभिभावक दिवस र १७औँ लोकतन्त्र दिवसकोअवसरमा उक्त कार्यक्रमकाे आयोजना गरेको हो । श्रीनगरको सुर्योदय माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका १२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई शैक्षिक सामाग्री सहित तीन हजार दोस्रो हुनेलाई शैक्षिक सामाग्री सहित २ हजार र तेस्रो हुनेलाई शैक्षिक सामाग्री सहित एक हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top