होमपेज / समाज
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटका पुर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ । क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ ।
अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरूको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधबार सम्पन्न भएपछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो ।
नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।