होमपेज / समाज
सुर्खेत । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठनको कर्णाली प्रदेश स्तरीय भेला र प्रशिक्षण कार्यक्रम शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा कानून विभागका इन्चार्ज रमेश बडालले संगठनकाे उदेश्य, विस्तार, सुदृढीकरण र रिट लेखन सीप सम्बन्धी प्रशिक्षण दिनुभएकाे थियाे । यसैगरी समसामयिक विषयमा अमृतकुमार बिसीले प्रशिक्षण दिनुभएकाे थियाे ।
.jpg)
उक्त भेलाले रामबाबु बिसीको संयोगजकत्वमा १६ सदस्यीय कर्णाली प्रदेश कमिटी गठन गरेको छ । कमिटीकाे सहसंयोजक प्रेमध्वज शाही, सचिव रामबहादुर भण्डारी र सदस्यहरु राजेन्द्र भारती, टोपबहादुर ओली, झक्कलबहादुर थापा रहेका छन् । यसैगरी अन्य सदस्यहरूमा आत्मदेवी श्रेष्ठ, प्रकाशकुमार शाही रहनुभएकाे छ ।
पदेन सदस्यहरुमा सङ्गठनका जिल्ला अध्यक्षबाट नारायणनाथ योगी सुर्खेत, सहदेवजङ्ग शाह जाजरकोट, माधवराज अधिकारी दैलेख, घनश्याम उपाध्याय डोल्पा, भुवनेश्वर उपाध्याय रुकुम पश्चिम, नन्दबहादुर खत्री जुम्ला, गिर्दल बोहरा सल्यान र राजबहादुर बोगटी कालिकोट रहनुभएकाे छ ।
कार्यक्रममा नेकपा एमाले सुर्खेत कमिटीका अध्यक्ष अमृतकुमार बिसी, वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, सुर्खेत बार एशोसिएशन अध्यक्ष नन्द भण्डारी र सङ्गठनका जिल्ला कमिटी अध्यक्षहरु र प्रदेशका कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
सङ्गठनका उपमहासचिव रामबाबू बिसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन केन्द्रीय कमिटी सदस्य मातृकाप्रसाद खनालले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य सुर्खेत जिल्ला अध्यक्ष नारायणनाथ योगीले गर्नु भएको थियाे ।