होमपेज / समाज
काठमाडौं । निर्वाचन आयोगले आइतबार (भाेली) हुने उपनिर्वाचनलाई लक्षित गर्दै १० बुँदे निर्देशन जारी गरेकाे छ । आज एक प्रेस विज्ञप्ति निकाल्दै उक्त्त निर्देशन सार्वजनिक गरेकाे छ ।
‘मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निषेध गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।
यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने गराउन पनि निर्देशन दिएको छ ।