होमपेज / समाज
काठमाडौं । सिंहदरवार र राष्ट्रपति निवासको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन आदेश दिएको हो।
अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबार र राष्ट्रपति निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
आदेशमा भनिएको छ, ‘काठमाडौंको फोहोरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौं महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ।’