होमपेज / समाज
सुर्खेत । कर्णालीका दलित समुदायले ८४ बुँदे माग सहित आठ दिनदेखि लगातार धर्ना दिँदै आएका छन् । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि 'दलितका लागि दलित आन्दोलन' नेपालको अगुवाईमा दलित समुदायका अगुवा, महिला, युवायुवती लगायतले धर्ना दिइरहेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत ५ गते एक विज्ञप्ति निकाल्दै सामाजिक विकास मन्त्रालयका सचिव श्री सन्त बहादुर सुनारकाे संयोजकत्वमा संवाद समिति गठन गर्दै उक्त समितिले पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्न आव्हान गरेकाे थियाे । तर संवाद समितिले कुनै पनि काम अगाडी नबढाएकाे भन्दै आन्दोलनमा सहभागी हिरालाल वादीले भने ‘हामी धर्नामा बसेको ८ दिन भयो, सरकारले हाम्रो आन्दोलनलाई वेवास्ता गरिरहेको छ, दलित समुदायको मागप्रति प्रदेश सरकारले वेवास्ता गरिरहेको छ।'
कर्णालीका दलित समुदायले हत्या गरिएका दलितलाई सहिद घोषणा, पीडित परिवारलाई एक करोड क्षतिपूर्ति दिनुपर्ने, हत्या गरिएको र जातीय विभेदसँग सम्बन्धित घटनाको उचित छानविन हुनुपर्ने माग अघि सारेका छन् । यस्तै सेना प्रहरी लगायत राज्यका सबै सरकारी निकायमा दलितको सामूहिक प्रवेश दिनुपर्ने लगायतका ८४ बुँदे माग माग गरेका छन् ।
वैशाख १ गते देखि उनीहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि लगातार धर्ना दिइरहेकाे बताएका छन् ।
.jpg)