ट्रेण्डिङ

होमपेज / समाज

डा.वाग्लेका बुबाआमा चढ्ने गाडी दमाैलीमा तोडफोड

नेपालगाथा २०८० बैशाख ८ गते शुक्रबार १३:१८:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ- १ मा उम्मेदवार रहेका डा.स्वर्णिम वाग्लेका बुबाआमाले चढ्दै आएको गाडी तोड्फोड भएको छ । बिहीबार बेलुका साढे ८ बजे उक्त गाडी तोड्फोड भएको अवस्थामा भेटिएको थियाे।

दमौली बजारमा रहेको मालपोत कार्यालय नजिकै रहेकाे सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भागमा क्षति पुगेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top