होमपेज / समाज
पञ्चापुरी, सुर्खेत । युएसएआइडीको आर्थिक सहयोग मर्सीकोर नेपालको साझेदारीमा सुन्दर नेपाल संस्थाद्वारा संचालित भकारी परियोजना अन्तर्गत दुईदिने बाख्रापालन सम्बन्धी तालिम पञ्चपुरी नगरपालिकामा शुरू भएको छ ।
तालिमको उद्घाटन गर्दै सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले आय आर्जन र स्वरोजगारका लागि बाख्रा पालन तालिम निकै महत्वपूर्ण भएको बताउनुभयो। भकारी परियोजनाका कार्यक्रम संयोजक उपेन्द्रराज जोशीले उन्नत बाख्रा पालन सम्बन्धी तालिमले कृषकको क्षमतावृद्धि गर्ने बताउनुभयो।
तालिममा चौकुने गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चापुरी नगरपालिकाका गरी १७ जना महिला कृषक र १३ जना पुरुष कृषक गरी ३० जना कृषकको सहभागिता रहेको छ ।
.jpg)