होमपेज / समाज
म्याग्दी । म्याग्दीको चिमखोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार मानिस मृत्यु भएको छ । रंघगंगा गाउँपालिका ७ चिमखोलामा रहेको बगर खोलामा पौडी खेल्ने क्रममा उदयपुर जिल्ला गाईघाट घर भई हाल साउथ ऐशीयन कम्पनीमा लेबर काम गर्ने २१ वर्षका रोसन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी गराएको छ ।
उक्त घटना स्थलमा थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा SOCO सहितको ५ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी गराएको छ ।
- प्रेम बिएस, प्रशिक्षार्थी पत्रकार