होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशस्तरीय किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्पन्न भएको छ ।
१० वटै जिल्लाका स्वास्थ्य कार्यालयका फोकल पर्सनहरुको उपस्थिति रहेको कार्यक्रम स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सभाहलमा मंगलबारबाट सञ्चालन भएको थियो । दुइ दिनसम्म सञ्चालन भएको कार्यक्रममा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा कर्णाली प्रदेशका किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्यको अवस्था, चुनौती र कार्ययोजनाका विषयमा छलफल भएको थियो ।
समापन कार्यक्रमलाइ सम्वाेधन गर्दै स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रमबाट सिकेका नयाँ कुरा तथा याेजनालाइ सम्बन्धित जिल्लामा पुगेर कार्यान्वयन गर्न निर्देशन दिनुभयाे ।
सामाजिक विकास मन्त्रालय नीति योजना तथा प्रशासन महाशाखा प्रमुख विनोद आचार्यले दुइ दिने समीक्षा तथा अभिमुखीकरण निकै प्रभावकारी रहेको बताउनु भयाे। समापन कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ नसिङ्ग अधिकृत दीपा भट्टराई, वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
युएसएआइडी किशोरकिशोरी प्रजनन् स्वास्थ्य परियोजनाको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हाे ।
.jpg)
.jpg)
.jpg)