ट्रेण्डिङ

होमपेज / समाज

मेयर शाहविरुद्धको रिटकाे सुनुवाइ आज, सुष्मालताको इजलासमा

नेपालगाथा २०८० बैशाख ६ गते बुधबार १३:२०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिट निवेदनमाथीको सुनुवाइ आज (बुधबार) हुने भएकाे छ । यसअघि मंगलबार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र बालुवाटारको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज (बुधबार) न्यायाधीश सुष्मालता माथेमाको इजलासमा छैठौं नम्बरमा परेको हो

अधिवक्ता पदम श्रेष्ठले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र बालुवाटारको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top