होमपेज / समाज
म्याग्दी । म्याग्दीको अन्नपुर्ण हिमाल क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार अचानक चिप्लिएर मृत्यु भएको छ । अन्नपुर्ण गाउँपालिका ४ नारच्याङ स्थित सेभेन समिट ट्रेकिङ एजेन्सी काठमाण्डौबाट अन्नपूर्ण आरोहण गरी क्याम्प तीनबाट क्याम्प दुईमा फर्कने क्रममा आयरल्याण्डका नागरिक ५६ वर्षीय नोयल हानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी गराएको छ ।
शवलाई कैलाश एयरको हेलिकम्पटरद्वारा काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । भारतीय नागरिक ३४ वर्षका अनुराग मालु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेपत्ता भएका भारतीय नागरिकलाई खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
- प्रेम बि.एस, प्रशिक्षार्थी पत्रकार