होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशस्तरीय दुई दिने किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सुर्खेतकाे वीरेन्द्ररनगरमा सञ्चालन भएको छ ।
कार्यक्रममा स्वास्थ सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका वरिष्ठ नर्सिङ अधिकृत दीपा भट्टराईले किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा प्रस्तुति गर्नुभएकाे थियाे । साथै उहाँले अन्तर्राष्ट्रिय, राष्ट्रिय र कर्णाली प्रदेशकाे किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा तुलनात्मक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएकाे थियाे ।
यसैगरी कार्यक्रमको पहिलो दिन, कर्णाली प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य कार्यालयका फाेकल पर्सनहरुले जिल्लामा भएका किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी भएका गतिविधिहरूका बारेमा प्रस्तुति गरेका थिए । साथै ३ वर्षे स्वास्थ्य सेवाको प्रगति विवरण र चुनौतीका बारेमा समूहमा छलफल गर्दै अबको कार्ययोजनाका बारेमा समेत छलफल भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ नर्सिङ अधिकृत दीपा भट्टराईले जानकारी दिनुभयाे ।
युएसएआइडी किशोरकिशोरी प्रजनन् स्वास्थ्य परियाेजनाकाे प्राविधिक सहयाेगमा सञ्चालन भएकाे कार्यक्रम भोलिसम्म सञ्चालन हुने बताइएकाे छ ।