ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्यकर्मीहरूकाे दबाबमुलक कार्यक्रम सार्वजनिक

नेपालगाथा २०८० बैशाख ५ गते मंगलबार १६:०२:१६ मा प्रकाशित

कैलाली ।  कैलाली जिल्लाकाे भजनी नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले तलबभत्ता नपाएपछि दबाबमुलक कार्यक्रम सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएकाे कार्यक्रमहरुमा मंगलबारदेखि शुक्रबारसम्म भजनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर कामकाज गर्ने भएका छन्।

भजनी  नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य क्षेत्रका स्थायी कर्मचारीहरुले मङलबारदेखि सार्वजनिक बिदाको दिन बाहेक भजनी नगरपालिकाकाे प्रशासन शाखामा हाजिर गरेर नगरपालिकाको प्रांगणमा कालो पट्टि बाँधेर धर्ना दिनेछन् । उनीहरुले माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र  कुनै पनि औपचारिक कार्यकममा नजाने लगायतका लगायतका कार्यक्रमहरु सार्वजनिक गरेकाे छ । 

संघीय सरकारको निजामती कर्मचारी ऎन  २०७५ अनुसार कर्मचारी समायोजन भै भजनी नगरपालिकामा आएका कर्मचारीहरुलाइ अहिले उपनगरपालिकाले ४ महिनादेखि पारिश्रमिक रोकिदिएको  छ।

भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले आफुहरुले पटक पटक नगरपालिकाको प्रशासन शाखा, मेयर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार र समस्याका बारेमा जानकारी गराएको भय पनि मन्त्रालय समस्याप्रति गम्भीर नभएकाे बताए।

नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ४ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् । विगत ४  महिनादेखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top