ट्रेण्डिङ

होमपेज / समाज

‘हेर्न नभ्याइने’ सूचीमा मेयर बालेनविरुद्धको रिट

नेपालगाथा २०८० बैशाख ५ गते मंगलबार १४:४१:०८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर बालेनको घोषणा गैरकानुनी भन्दै परेकाे रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ । आज कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा परेका आठवटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top