ट्रेण्डिङ

होमपेज / समाज

मेयर शाहविरुद्धको रिटमा पेसी भोलि तोकियो

नेपालगाथा २०८० बैशाख ४ गते सोमबार १६:५१:३६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध परेको रिटको पेसी भोलि (मंगलबार)लाई तोकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार दायर गरेको रिटको पेसी भोलिलाई तोकिएको हो। सर्वोच्चले विपक्षी बनाइएका प्रधानमन्त्री कार्यालय र काठमाडौं महानगरपालिकालाई सर्वोच्चमा हाजिर हुन भनेको छ। 

रिट निवेदनमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top