होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशमा आइतबारदेखि प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
१३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको हो । प्रदेश खेलकुद परिषद्को आयोजनामा आयोजित प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षकको सहभागिता रहेको छ ।
प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णालीकाे उर्वर भूमिले थुप्रै ख्यातिप्राप्त खेलाडी जन्माए बताउदै सरकार खेल क्षेत्रको विकासमा अग्रसर भइरहेकाले निराश नहुन खेलाडीलाईआग्रह समेत गरे ।
प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिषामित्र संज्यालको अध्यक्षतामा तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कांग्रेस प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एमाले प्रदेश संसदीय दलका नेता यमलाल कंडेल लगायतको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको हो।
उक्त प्रतियोगिता ३ दिन (३-५) सम्म सञ्चालन हुनेछ ।