होमपेज / समाज
म्याग्दी । अन्नपुर्ण गाउँपालिका वडा नं १ तिप्ल्याङ स्थित बेनी जोमसोम सडक खण्डमा बस दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।काठमाण्डौँबाट मुस्ताङतर्फ जाँदै गरेको बा ३ ख ९६७४ नम्बरको बस बिहान ०८:५५ बजे आफै अनियन्त्रित भई सडकभन्दा अन्दाजी ५ मिटर तल पल्टिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घाईते मध्ये ४ जनालाई उपचारका लागि बेनी अस्पताल म्याग्दीतर्फ पठाईएको छ । बसमा २३ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
- प्रेम बि.एस, प्रशिक्षार्थी पत्रकार