ट्रेण्डिङ

होमपेज / समाज

सात दिने ५२ औँ वुड्ब्याज तालिम सम्पन्न

नेपालगाथा २०७९ चैत्र २८ गते मंगलबार १६:१५:०३ मा प्रकाशित

सुर्खेत । नेपाल स्काउटको ५२औँ वुड्ब्याज तालिम कर्णाली प्रदेशको राजधानि सुर्खेत स्थित गंगामाला आधारभुत विद्यालय, पिपिरामा सम्पन्न भएको छ ।

कर्णाली प्रदेश स्काउट कार्यालयको आयोजनामा गत चैत २१ गतेबाट सञ्चालन भएको सात दिने तालिम सोमबार सम्पन्न भएको हो । हुम्ला, जुम्ला, जाजरकोट र सुर्खेतगरी चार जिल्लाका १८ जना स्काउट मास्टर तथा विद्यालयका शिक्षकहरूलाई तालिम दिएको प्रदेश स्काउट कार्यालय स्रोतले नेपालगाथालाई जानकारी दिए।

स्रोतका अनुसार राष्ट्रिय प्रशिक्षक बिजेन्द्र धोजु र रा.प्र तथा कोर्स लिडर शिवबहादुर भण्डारीले उक्त तालिममा प्रशिक्षण गरेको बताए। प्रशिक्षणमा वयस्क बिकास, प्रेरणा, नेतृत्व कौशल, आध्यात्मिक बिकास, स्वयमसेवा, गाँठ बाध्ने वा पार्ने, प्राथामिक उपचार विधि, जङ्गलमा जीउने तरिका, सीमित स्रोतसाधनमा खाना पकाउने, विपद् व्यवस्थापन लगाएत थुप्रै विषयमा ज्ञान आदानप्रदान र गतिविधि समेत गरेको जानकारी दिए ।

नेपाल स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम स्काउट प्रदेश सल्लाहकार समिति सदस्य तथा काउन्सिलर खगेश्वर गौतम, रा.प्र धोजु, रा.प्र तथा कोर्स लिडर भण्डारी, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दीलबहादुर रखाल लगाएतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top