ट्रेण्डिङ

होमपेज / समाज

मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकियो

नेपालगाथा २०७९ चैत्र २७ गते सोमबार १७:००:३० मा प्रकाशित

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ ।

सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताएका छन् ।

उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए। मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा पनि छलफल गरेको बताए । उनले यसअघि पीडितहरुसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताए ।

उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको जानकारी दिए  । मंगलवार मिटरब्याजी पिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको छ । मिटरब्याजी पिडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशिल नदेखिएको प्रवक्ता मृग नविन बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top